दोलखाका कोरोना संक्रमित वृद्धको उपचार गराईएको केएमसी अस्पतालका चिकित्सकहरुमा कोरोना पुष्टि
काठमाडौं - दोलखाका कोरोना संक्रमित बृद्धलाई उपचार गराईएको काठमाण्डौं मेडिकल कलेजका चिकित्सकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेजका ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
दोलखा भिमेश्वर नगरपालिका २ तिखातलका ७६ वर्षिय कोरोना संक्रमित वृद्धको सोही अस्पतालमा उपचार भएको थियो । यद्यपी ती चिकित्सकहरु उपचारमा संलग्न थिए वा थिएनन् भन्नेबारे खुलिसकेको छैन ।
यसबारे विस्तृत बिवरण बुझ्ने काम भैरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका २ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७ १७:४०
प्रतिक्रिया दिनुहोस्