Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सर्वोच्चको आदेश : न्यायाधीश रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्नु

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्तको सिफारिस गर्न आदेश दिएको छ । उक्त कानुनी व्यवस्था पालना गर्न न्याय परिषदलाई सर्वोच्चले आदेश दिएको हो ।

मंगलबार न्यायाधीशहरु हरि फुयाल र विनोद शर्माको इजलासले यस्तो आदेश दिएको हो । न्याय परिषद ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्ति सिफारिस गर्न आदेशमा भनिएको छ । 

२०७५ सालमा सर्वोच्च अदालतमा चार जना न्यायाधीश पद रिक्त हुँदा पनि पदपूर्ति भएको थिएन । अधिवक्ता दीपकबिक्रम मिश्रले न्याय परिषद ऐनको पालना नभएको भन्दै न्याय परिषद सचिवालय समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

सो रिट पटक पटक पेशी सर्दै ६ वर्षपछि मंगलबार फैसला भएको हो । सर्वोच्च अदालतमा अहिले पनि ४ जना न्यायाधीश पद रिक्त छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update