दोलखाको गौरीशंकरमा बोलेरो दुर्घट्ना, तीन जना घाईते
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घट्ना भएको छ । सिंगटीबाट मार्बतर्फ जाँदै गरेको उक्त बोलेरो गौरीशंकर गाउँपालिका–,६ चंखुको नाक्दिङमा दुर्घट्ना भएको हो । दुर्घट्नामा परी ३ जना घाइते भएका छन् । घाईते हुनेमा बोलेरो धनी तेन्जी शेर्पा, चालक शुक्छिरी शेर्पा र यात्रु रिन्जी शेर्पा रहेका छन् ।
उनीहरुको सिंगटी स्थित अस्पतालमा उपचार भैरहेको छ । वागमती प्रदेश ००३-२३ च १८३३ नम्बरको बोलेरो मंगलबार करिब ५ बजे दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । बोलेरो दुर्घट्नाको कारण खुल्न सकेको छैन । उकालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१ १९:३४
प्रतिक्रिया दिनुहोस्