Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रुसद्वारा किभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

किभ । रुसले किभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । 

सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रयस्थलहरूमा पठाइएको छ । 

किभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन सेवाहरूलाई किभको होलोसिभस्की जिल्लामा बोलाइएको बताए । उनका अनुसार शेभचेनकिभ्स्की जिल्लामा भग्नावशेषमा खसेर एक व्यक्ति घाइते भएका छन् । 

“हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ,” आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गरे ।  

वायुसेनाका अनुसार रुसले किभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको थियो । 

न्यिदब िक्ष्mभ दबलप
किभ सहरका सैन्य प्रशासनका प्रमुख सेरही पोपकोले युक्रेनको राजधानी र यसका उपनगरहरूमा प्रहार गरिएका १० भन्दा धेरै क्रुज मिसाइल, करिब १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई युक्रेनको हवाई सुरक्षाले नष्ट गरेको बताए । 

युक्रेनी सञ्चारमाध्यमका अनुसार युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा पनि विस्फोट भएका छन् । खार्किभ क्षेत्रका प्रमुख ओलेह सिनिहबोभले खार्किभको इन्ड्रस्ट्रियलनी जिल्लामा बिहानै आक्रमणको पुष्टि गर्दै आक्रमणबाट एउटा आवासीय भवन र अन्य धेरैमा आगो लागेको बताए ।

रुसको सेनाले करिब साढे दुई वर्षदेखि चलिरहेको युद्धको सबैभन्दा ठूलो युक्रेनी आक्रमणमा धेरै रुसी क्षेत्रलाई लक्षित गरी १५८ युक्रेनी ड्रोनलाई रोकेको र नष्ट गरेको रिपोर्ट दिएको एक दिनपछि रुसबाट यो आक्रमण भएको हो । 

यो आक्रमण रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । मस्कोको सेनाले अहिलेसम्म युक्रेनी सेनालाई पछाडि धकेल्नका लागि संघर्ष गरेको छ र क्रेमलिनले यसको जवाफ दिने वाचा गरेको छ । राससरएपी

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update