Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राजपा र समाजवादी पार्टीले भारतीय हितको रक्षा गरे : पूर्वमन्त्री पोखरेल

काठमाण्डौं - नेकपा नेता तथा पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलले जनता समाजवादी पार्टीले संविधान संशोधनमा अड्को थापेर भारतीय हितको रक्षा गर्न खोजेको बताएका छन् । अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा निशान छापमा राख्न सरकारले संविधान संशोधन गर्न खोजेपनि त्यसमा अर्को संशोधन प्रस्ताव ल्याएर जसपाले भारतीय स्वार्थको रक्षा गरेको उनले बताए ।

राजपा र समाजवादी पार्टीले संसदमा छुट्टै संविधान संशोधन विद्येयक दर्ता गराएको प्रति सामाजिक संजालमा टिप्पणी गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

नेकपा वाग्मती प्रदेशका सचिव समेत रहेका पोखरेलले नेपालको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता र राष्टिय स्वाभिमानको रक्षाका लागि सरकारले चालेको कदममा जनता समाजवादी पार्टी बाधक बन्न खोजेको टिप्पणी गरे । 

‘सरकारले अगाडी सारेको सविधानको अनुसूचीमा रहेको निशान छापमा संशोधन गरी नयाँ नक्सा अनुसार परिवर्तन गर्नु भारतद्धारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्नु र नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र राष्टिय स्वाभिमानको रक्षा गर्नु हो, पोखरेलले भने, यसको विपक्षमा जानु भनेको भातीय हितको रक्षा गर्नु नै हो ।’

उक्त वाहनाबाजीले जनता समाजवादी नेपालको लागि भारतीय वारेस त होईन, भन्दै पोखरेलले आशंका व्यक्त छन् । राजपा र समाजवादी पार्टीले तत्काली शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि सारेका र केही थप विषय समेत समावेश गरी गैरसरकारी विद्येयक संसदमा दर्ता गराएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update