Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एक्सका शेयरधनीहरूको नाम सार्वजनिक

कम्पनीका पूर्वकर्मचारीहरुले अदालतमा मुद्दा हालेपछि सोसल मिडिया प्लेटफर्म एक्सले आफ्ना शेयरधनीहरूको नाम सार्वजनिक गर्न बाध्य भएको छ ।

साविकको ट्वीटर कम्पनी एलन मस्कले खरिद गरेसँगै कानुनी लडाइँमा गएका पूर्वकर्मचारीहरूले मध्यस्थता शुल्क भुक्तानीको माग गर्दै अदालतमा गएका थिए ।

यसयघि एक्स तथा यसका मुख्य मालिक एलन मस्कले कम्पनीका लगानीकर्ताहरुको नाम गोप्य राखेका थिए ।

नियमित प्रक्रिया र कम्पनीको नीत अनुसार लगानीकर्ताहरुको नाम गोप्य राखिएको जिकिर गर्दै आएकोमा क्यालिफोर्नियास्थित संघीय अदालतका न्यायाधीशको आदेशमा ती सबै शेयरधनीहरूको सूची सार्वजनिक गरिएको हो ।

जस अनुसार एक्स कम्पनीमा करिब १०० जना लगानीकर्ताहरू रहेका छन् । जसमध्ये ट्वीटर कम्पनीभित्रैका तथा लगानी जगतका परिचित नामहरू छन् ।

यसअिघ फिडेलिटी जस्ता हाइप्रोफाइल लगानीकर्ताहरू एक्ससँग जोडिंदै आएका थिए । पछिल्लो रिपोर्टले पनि एक्सको स्वामित्वमा विभिन्न लगानी दिग्गजहरुको संलग्नता रहेको देखाएको छ, जसमा फिडेलिटीसँग सम्बन्धित करिब ३० प्रतिशत छुट्टै संस्थाहरुको एक्समा हिस्सेदारी रहेको छ ।

यसै हप्ता सार्वजनिक कागजातले कम्पनीका केही नाम नसुनिएका लगानीकर्ताहरू पनि सार्वजनिक गरेको छ ।

फच्र्युन म्यागेजिनले सार्वजनिक गरेको उक्त सूचीले पेर्सिंग स्क्वाएर फाउन्डेसन कम्पनीले पनि एक्समा लगानी गरेको देखाएको छ ।

यो कम्पनी अर्बपति बिल एकम्यानले करिब २० वर्षअघि स्थापना गरेको एक होल्डिंग्स कम्पनी मातहत छ ।

एकम्यान सोसल मिडिया प्लाटफर्म एक्सका निकै ससक्त प्रयोगकर्ता हुन् । उनले अन्य हाइप्रोफाइल व्यक्ति तथा संस्थाहरूलाई सम्बोधन गर्नका लागि पनि एक्सकै प्रयोग गर्ने गरेका छन् ।

यसैगरी एक्सका अन्य शेयरधनीको सूचीमा ओरेकलका संस्थापक ल्यारी एलिसन पनि रहेका छन् । त्यस्तै सिन कोम्ब्स क्यापिटलले पनि एक्समा लगानी गरेको देखिएको छ । जसमा अमेरिकी र्‍यापर पुफ डिडीको लगानी रहेको छ ।

मस्कले केही शाही नामहरूलाई पनि एक्समा आकर्षित गर्न सफल भएका छन् । त्यसमा साउदी अरबका राजकुमार अलवालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद रहेका छन् ।

करिब १९ अर्ब डलर कुल सम्पत्ति रहेका साउदी राजकुमारको फोर सिजन र साभीजस्ता लक्जरी होटलका साथै राइड शेयरिंग कम्पनी लिफ्ट जस्ता कम्पनीहरुमा पनि लगानी रहेको छ ।

रिपोर्ट अनुसार एलन मस्कको नेतृत्वको आलोचना गरेता पनि पूर्वसीईओ ज्याक डोर्सीले समेत कम्पनीमा आफ्नो शेयर कायमै राखेका छन् ।

त्यस्तै ड्यानिलो कावासाकी र रोस गेर्बरको पनि एक्समा व्यक्तिगत लगानी रहेको छ । त्यस्तै सिलिकन भ्यालीका भेन्चर क्यापिटल कम्पनीहरु एन्ड्रेसेन, एट भिसी तथा सेक्विया लगायतको पनि एक्समा शेयर स्वामित्व रहेको पुष्टि भएको छ ।

त्यस्तै एलन मस्क स्वयंले आफ्नो एलन मस्क रिभोकेवल ट्रस्टमार्फत् एक्समा लगानी गरेका छन् ।

यद्यपि कम्पनीमा एलन मस्क र अन्य लगानीकर्ताहरुको शेयर हिस्सा कति हो ? भन्ने चाहिं खुलेको छैन ।

स्मरण रहोस् एलन मस्कले सन् २०२२ मा ट्वीटर ९एक्स० कम्पनी ४४ अर्ब डलरमा खरिद गरेका थिए।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update