स्मार्टफोनको प्रयोग तीव्र गतिमा बढिरहँदा फोन चोरीका घटनाहरू पनि उसैगरी बढ्दै गइरहेका छन् ।
हामीले अवश्य पनि आफ्नो फोनको विशेष ध्यान राख्छौं । तर, कहिलेकाही ख्याल गर्दागर्दै पनि फोन हराउन सक्दछ । फोन चोरी भएमा वा हराएमा तपाईं के गर्नुहुन्छ ?
आजको डिजिटल युगमा स्मार्टफोनका प्रयोग केवल फोनकल र सन्देशहरूको आदानप्रदानमा मात्रै सीमित छैन यसलाई भुक्तानीको लागि समेत प्रयोग गरिन्छ ।
स्मार्टफोनमा बैंकिङ एपहरू तथा भुक्तानी एपहरू हुन्छन्, जसको माध्यमबाट अनलाइनबाट रकमको कारोबार गरिन्छ । त्यसैले यस्ता संवेदनशील डेटासहितका फोन चोरी हुँदा वा हराउँदा उक्त फोन हात पार्ने व्यक्तिले फोनमा भएका ती एपहरुको अनधिकृत दुरुपयोग गर्न सक्दछ । यस्तोमा यदि फोन हराइहाल्यो भने के गर्ने त ? तपाईंले चिन्ता मान्नु पर्दैन । तपाईंले अर्को कुनै डिभाइसबाटै आफ्नो हराएको एन्ड्रोइड फोनमा रहेका एपहरू डिलिट गर्न सक्नुहुन्छ। यसका लागि दुईवटा विधि छन् स्
जिमेलको माध्यमबाट स्मार्टफोनका एप हटाउने तरिका
स्मार्टफोन चोरी भएमा भुक्तानी एप वा अन्य कुनै पनि एपलाई रिमोट तरिकाले डिभाइसबाट हटाउन सकिन्छ । यसको लागि पहिलो तरिका भनेको जीमेल मार्फत डिलिट गर्नु हो ।
यस्तो छ तरिका
सबैभन्दा पहिला, अर्को डिभाइसमा आफ्नो जीमेल अकाउन्ट लगइन गर्नुहोस् ।
त्यसपछि माथिल्लो भागको दायाँतर्फको एचयाष्भि खण्डमा क्लिक गर्नुहोस्।
ःबलबनभ थयगच ब्अअयगलत अप्सनमा ट्याप गर्नुहोस् र क्भअगचष्तथ मा जानुहोस्
– त्यसपछि थ्यगच म्भखष्अभ अप्सनमा ट्याप गर्नुहोस्
यसो गर्दा, तपाईंको जिमेल अकाउन्ट कुन डिभाइसमा र कुन लोकेशनमा सक्रिय छ भन्ने जानकारी प्राप्त हुनेछ । यसरी, तपाईंलाई आफ्नो उक्त हराएको डिभाइसमा पहुँच प्राप्त हुनेछ । त्यसपछि तपाईंले सो फोनमा रहेका कुनै पनि एपलाई अनइन्स्टल गर्न सक्नुहुन्छ ।
गुगल प्लेस्टोरबाट स्मार्टफोनका एप डिलिट गर्ने तरिका
यदि तपाईंको फोन हरायो वा चोरी भयो भने, त्यस डिभाइसबाट कुनै पनि एप हटाउनको लागि अर्को तरिका गुगल प्ले स्टोरको सहारा लिनु हो ।
गुगल प्ले स्टोरमार्फत रिमोट तरिकाले कुनै पनि एप हटाउन सकिन्छ ।
यस्तो छ तरिका
सबैभन्दा पहिला, कुनै फोनमा गुगल प्ले स्टोरमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस्
त्यसपछि पेजमा दिइएको एचयाष्भि खण्डमा क्लिक गर्नुहोस् ।
फेरि ट्याब छान्नुहोस् र त्यसमा क्लिक गर्नुहोस्।
यसो गर्दा, माथिल्लो दायाँतर्फ बक्सको सूची आउनेछ ।
अब तपाईंले आफ्नो हराएको फोनबाट जुन एपलाई हटाउन चाहनुहुन्छ, त्यसलाई छानेर अनइन्स्टल गर्नुहोस् ।