Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अमेरिकामा प्रदर्शन चर्किएपछि सेना समेत परिचालन गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी - अमेरिकामा जारी प्रदर्शन चर्किदै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले थप प्रहरी सहित सेना परिचालन गर्ने घोषणा गरेका छन् । बल प्रयोगका कारण अफ्रिकी मूलका जर्ज फ्लोइडको मृत्युपछि त्यसको विरोधमा अमेरिकामा एकसातादेखि प्रदर्शन जारी छ ।

त्यहाँका कयौं शहरमा कफ्र्यू लगाइएको छ । राष्ट्रपति ट्रम्पले सेना समेत परिचालन गर्दै वासिङ्टनको कफ्र्यूलाई अझ कडा पारिने बताएका छन् । अमेरिकाभर विभिन्न सहरहरूमा जारी दङ्गा र लुटपाट भइरहेको तर्क गर्दै उनले त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् । ह्वाइट हाउसबाट टिभीमा सम्बोधन गरेपछि सुरक्षाकर्मीसहित नजिकैको गिर्जाघरमा गएपछि प्रदर्शनकारीहरुले त्यहाँपनि प्रदर्शन गरेका थिए । गिर्जाघरमा प्रदर्शनकारीहरूले क्षति पुर्याएका छन् ।

प्रहरी ज्यादतीमा मारिएका जर्ज फ्लोइडका परिवारले गराएको पोस्टमार्टममा उनको मृत्यु अक्सिजनको कमीले भएको पाइएको छ । पोस्टमार्टम रिर्पोटमा जर्जको घाँटी र कम्मरमा दबाबु दिईएका कारण मृत्यु भएको उल्लेख छ । गत सोमबार जर्जलाई नियन्त्रणमा लिनेक्रममा मिनियापोलिसका प्रहरीले जर्जको घाँटी कयौं मिनेटसम्म घुँडाले दबाएका थिए । आधिकारिकारुपमा उनको मृत्युलाई हत्या भनिएको छ।

राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई पनि चेतावनी दिदैं प्रदर्शनकारीविरूद्ध कडा रूपमा प्रस्तुत हुन भनेका छन्।

 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update