Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकमा भुकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ : ११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो । 

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालमा आएको भूकम्पले सिन्धुपाल्चोकमा ठुलो जनधनको क्षति भएको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update