Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेस संविधान संशोधनको पक्षमा उभियो, पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन

काठमाण्डौं नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्देशन दिएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको जानकारी दिए । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।

कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत निर्णय गर्ने बताएपछि प्रतिनिधिसभामा संविधान संशोधन प्रस्ताव अनुमोदन रोकिएको थियो । सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update