काठमाडौँ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर मृत्यु हुने नेपालीको संख्या ४० पुगेको छ । पछिल्लो पटक थप चार जनाको मृत्यु भएसँगै मृतकको संख्या ४० पुगेको हो । पछिल्लो पटक विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापाको मृत्यु भएको छ । भदौ १४ सम्म ४० जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । असार १० सम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३४ थियो । त्यसपछि थप दुई जना संजोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो । त्यसपछि थप चार जनाको मृत्यु भएको हो ।
उनीहरुको ठेगाना खुल्न सकेको छैन । हालसम्म रुस–युक्रेन युद्धमा रुसी सैनिक बनेर भाग लिएका ७ जना नेपालीको नाम खुले पनि उनीहरुको जिल्ला पत्ता लाग्न सकेको छैन । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ ।परराष्ट्र मन्त्रालयले रुस–युक्रेनको युद्धमा परेर मृत्यु हुने नेपालीको बारेमा सुरुवातमा प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिएपनि पछिल्लो समय मृत्यु हुनेहरु सबैको नामावली सार्वजनिक गरेको छैन ।
युक्रेनको कब्जामा ७ नेपाली
रुसी सेनामा भर्ती भई अहिले ७ नेपाली युक्रेनी सेनाको कब्जामा छन् । यसरी कब्जामा परेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी, मकवानपुरका ईश्वर लामिछाने र मदन दाहाल (जिल्ला खुलेको छैन) छन् । उनीहरूलाई नेपाल सरकारले रुसी सरकारसँग सहकार्य गरेर छुटाउने प्रयास गरे पनि हालसम्म उक्त पहल सफल हुन सकेको छैन ।
रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने ४० नेपालीको नामावली
१. राजकुमार रोका–दोलखा
२. सुक्रबहादुर तामाङ–काठमाडौं
३. भरतबहादुर शाह–काठमाडौं
४. देवन राई–कास्की
५. प्रितम कार्की–स्याङ्जा
६. गंगराज मोक्तान–इलाम
७. रुपक कार्की–कपिलवस्तु
८. सन्दीप थपलिया–गोरखा
९. कुन्दनसिंह नगाल–दार्चुला
१०. हरिप्रसाद अर्याल–स्याङ्जा
११. राजकुमार गिरी–धादिङ
१२. धनसिंह पुन–रोल्पा
१३. पूर्णबहादुर गुरुङ–धादिङ
१४. सुन्दर मुक्तान–रसुवा
१५. गंगाराम अधिकारी–झापा
१६. पदमबहादुर घिमिरे–उदयपुर
१७. सन्जय केसी–बाँके
१८. नबीन शाही–जाजरकोट
१९. जितबहादुर विक–वाग्लुङ
२०. अनितकुमार साह–महोत्तरी
२१. खगेन्द्र राईका मगर–धनकुटा
२२. बिरवल राई–संखुवासभा
२३. बलराम गुरुङ–रुकुम
२४. तेजबहादुर शाही–दैलेख
२५. सुरेन्द्र राना– जुम्ला
२६. लालबहादुर बुढा–रुपन्देही
२७. राजु थारु–
२८. फुर्वा शेर्पा–दोलखा
२९. सुरज विक–स्याङ्जा
३०. नेत्रबहादुर घर्ती– धादिङ
३१. शंकर दमाई–गुल्मी
३२. साजन गुरुङ–लमजुङ
३३. शान्त बहादुर भोलान– सिन्धुली
३४. घनश्याम परियार
३५. संजोक आचार्य
३६. नवीन शाही
३७. विमल लिम्बु
३८. बिक्रम चौधरी
३९. डोमबहादुर आले
४०. सुवास थापा
युक्रेनी सेनाको कब्जामा ७ नेपालीहरु
१. विवेक खत्री–बर्दिया
२. सिद्धार्थ ढकाल–काभ्रे
३. विकास राई–मोरङ
४. प्रतीक पुन–रोल्पा
५. सुजन सुवेदी–चितवन
६. ईश्वर लामिछाने– गोरखा
७. मदन दाहाल ९जिल्ला खुलेको छैन०
स्रोतः परराष्ट्र मन्त्रालय