Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको राजनीतिमा फेरी गुरुङको इन्ट्री 
जिल्ला इन्चार्ज पार्वत गुरुङलाई पार्टीको संगठनात्मक समिक्षा प्रतिवेदन हस्तान्तरण गर्दै निवर्तमान इन्चार्ज कमलप्रसाद चौंलागाई ।

काठमाडौं । नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले नेताहरुको कार्यबिभाजन ग¥यो । बिभिन्न तहमा गरिएको नेताहरुको पछिल्लो कार्यबिभाजन र जिम्मेवारी हेरफेरलाई एमाले बृत्तमा अर्थपुर्ण मानिएको छ । पार्टीले “मिसन ८४” लक्षित अभियान चलाईरहेको पृष्ठभूमिमा यस्तो निर्णय लिएको हो । पछिल्लो निर्णयलाई सोही मिसन कार्यान्वयनको एउटा कडीको रुपमा हेरिएको छ । 

गृहजिल्लामा गुरुङको इन्ट्री 
केन्द्रीय कमिटीको निर्णय अन्तर्गत दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी पोलिट ब्युरो सदस्य पार्वत गुरुङले पाएका छन् । दोलखा उनको गृहजिल्ला हो । उनी लामो समय जिल्लाको प्रत्यक्ष जिम्मेवारी र भूमिकाबाट अलग थिए । त्यसबीचमा उनले मकवानपुर, चितवन जिल्ला र अन्य बिभागीय जिम्मेवारी सम्हाले । ती जिल्लामा उनको नेतृत्वमा भएका संगठनात्मक उपलब्धीलाई केन्द्रमा उदाहरणको रुपमा चर्चा गर्ने गरिएको छ । 

गृह जिल्लाको प्रत्यक्ष जिम्मेवारीमा नभएपनि उनी पार्टीको कामकारबाही र अभियानहरुमा परोक्ष सहयोगीको रुपमा संलग्न भैरहेका थिए । खासगरी संगठन शुद्धिकरण तथा सदृढिकरण र मिसन ग्रासरुट अभियान, झुलाघाटदेखि–चिवाभन्ज्याङसम्मको संकल्प यात्राका क्रममा पार्टी अध्यक्ष केपी ओलीको दोलखा आगमन, जिल्ला पार्टीको दशौं अधिवेशनमा उनले खेलेको भूमिका महत्वपुर्ण मानिन्छ । प्रमुख जिम्मेवारी अन्यत्रकै भएपनि गृहजिल्लाको पार्टी र संगठनमा उनको चासो नहुने कुरै भएन ।  

जिल्ला पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा नरबहादुर श्रेष्ठ छन् । यद्यपी कम्युनिष्ट पार्टीमा  इन्चार्जसिपको भूमिका हाईकमाण्डको रुपमा महत्वपुर्ण मानिन्छ । इन्चार्जको जिम्मेवारी पाएपछि पहिलो पटक जिल्ला आएका उनलाई बिहिवार पार्टीले सदरमुकाम चरिकोटमा विशेष कार्यक्रम आयोजना गरेर स्वागत ग¥यो । सांकेतिक रुपमा गुरुङको इन्चार्जसिपमा जिल्ला पार्टी एकताबद्ध र सुदृढ हुन्छ भन्ने सन्देश दिने प्रयास गरियो । 

गुरुङ लामो समयपछि जिल्ला पार्टीको इन्चार्जसिपको जिम्मेवारीमा फर्किएका हुन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई इन्चार्जको जिम्मेवारी दिएर गृहजिल्ला खटाएको हो । यसअघि उनी २०६८ सालमा जिल्ला अध्यक्ष र २०७२ पछि २०७८ सम्म जिल्ला पार्टी ईन्चार्जको रुपमा दोलखा पार्टीको कमाण्ड हाँकेका थिए । २०६४ पछि माओवादीको दवदबा र जिल्लाको १ नम्बर क्षेत्रमा प्रतिस्पर्धी पार्टीको बुथ कब्जा गर्ने अभ्यास छिचोल्दै २०७० सालको निर्वाचनमा उनी निर्वाचित भए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मुलुककै सबैभन्दा बढि मतान्तरसहित बिजयी भएर उनले रेकर्ड नै बनाए । त्यसबीचमा जिल्लामा एमालेलाई शक्तिशाली बनाएको जस प्राप्त गरे । 

पार्टी निर्माणमा गुरुङप्रतिको भरोसा
जिल्लाले आयोजना गरेको स्वागत, सम्मान र प्रशिक्षण कार्यक्रममा जिल्लाका कार्यकर्तादेखि केन्द्रीय नेताहरुले पार्टी निर्माणमा गुरुङप्रतिको आषा र भरोसा व्यक्त गरे । पार्टी अध्यक्ष ओली किचन क्याबिनेट मानिएका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराई, अध्यक्ष कैलाश ढुंगेल, निवर्तमान दोलखा इन्चार्ज एवं पोलिट व्युरो सदस्य कमल चौलागाई लगायतले गुरुङको इन्चार्जसिपमा दोलखा एमाले थप बलियो बन्ने विस्वास गरे । 

निवर्तमान जिल्ला इन्चार्ज चौलागाईले दोलखा पार्टीले अब सही कमाण्डर पाएको उल्लेख गर्दै एमाले नयाँ गति र स्प्रीडका साथ अघि बढ्ने टिप्पणी गरे । दोलखा एमाले कमाण्डरविहिन बनेको समिक्षा प्रतिबेदन गुरुङलाई हस्तान्तरण गर्दै उनले भने “जितिसकेको युद्धपनि कुसल कमाण्डरको अभावले पराजित हुनपुग्छ, त्यसैले उपयुक्त कमाण्डर पाएकोले दोलखा पार्टीले नयाँ गति र स्प्रीड पक्डिनेमा विश्वस्त छु ।”

पुराना एवं अनुभवि नेता चौलागाईले संगठन सुद्धिकरण–सुदृढिकरण (सुसु), मिसन ग्रासरुट अभियान देखि पछिल्लो संगठनात्मक समिक्षा प्रतिवेदन गुरुङलाई बुझाएका छन् । जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले नयाँ इन्चार्जको नेतृत्वमा जिल्ला पार्टी नयाँ गति र स्प्रीडका साथ अघि बढ्ने र “मिसन ८४” सफल हुने बताए । 

भिन्न परिस्थिति र चुनौतिकाबीच गुरुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा फर्किएका छन् ।  राष्ट्रिय राजनीतिमा आएको बदलाव, पुराना राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि र पार्टीभित्र खल्बलिँदै गएको एकता सम्हाल्नुपर्ने प्रमुख चुनौती उनीसामु छ ।

गुरुङमाथि चुनौतीको चाङ  
भिन्न परिस्थिति र चुनौतिकाबीच गुरुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा फर्किएका छन् ।  राष्ट्रिय राजनीतिमा आएको बदलाव, पुराना राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि र पार्टीभित्र खल्बलिँदै गएको एकता सम्हाल्नुपर्ने प्रमुख चुनौती उनीसामु छ । यसअघि उनकै कार्यकालमा जस्तो पार्टी संगठनभित्रको उर्जा र जनाधारलाई लयमा फर्काउन सजिलो पक्कै छैन । पार्टीभित्र मौलाएको गुटगत बिभाजनलाई रोकेर पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनको पहिलो चुनौती हो । निवर्तमान इन्चार्ज चौलागाईले पनि आफ्नो समिक्षा प्रतिवेदनमा सोही कुरालाई जोड दिँदै सबैलाई समेटेर÷मिलाएर सबैसँग समन्वय गरेर छिन्नभिन्न बन्दै गएको पार्टीलाई एकताबद्ध बनाउन सुझाएका छन् । खासगरी पछिल्लो समय पोलिट व्युरो सदस्य आनन्द पोखरेल समुहले जिल्ला पार्टीभित्र पेलिएको मनोविज्ञान बोकेको छ । उक्त समुहलाई विस्वासमा लिएर अघि बढ्दा पार्टीपंक्ति एकढिक्का हुने कतिपयको बुझाई छ ।  
विगतमा पार्टीको नेतृत्वमा भएका काम र आगामी दिनमा हुने कामका सन्दर्भमा जनता विस्वास जागृत गर्नुपर्ने अर्को चुनौती छँदैछ । विशेषगरी युवाहरुको असान्तोषको मनोविज्ञान सम्वोधन गर्ने रणनीतिक कार्ययोजना निर्माणमा उनले ध्यान दिनुपर्नेछ । साथै फरक धारबाट आएका र आउन चाहनेहरु एमाले नेताहरुको व्यवहार र अभिव्यक्तिहरुबाट बिच्किने परिस्थिति बन्दैछ । उनीहरुलाई नीतिगत र मनोवैज्ञानिक रुपमा सुरक्षित महसुस गराउने वातावरण बनाउनुपर्नेछ । फरक लिगेसीबाट आएकाहरुलाई दिईने (स्पेस) ले पार्टीलाई अरु बलियो बनाउन ठुलो सहयोग पुग्नेछ । 

पार्टीपंक्ति र जनता जगाउने कार्ययोजना 
बदलिँदो परिस्थितिमा पुरानै विचार, नीति, योजना, कार्यक्रम र कार्यशैलीले पार्टीपंक्ति र जनतामा उत्साहको संचार हुँदैन । त्यसका लागि समयसापेक्ष रणनीतिक कार्ययोजना आवश्यक हुन्छ । उनले त्यसको केही प्रारम्भिक खाका पनि प्रस्तुत गरेका छन् । दोलखाको पार्टी बनाउन आफु ईन्चार्ज नै हुनुपर्ने नभएपनि पार्टीले जिम्मेवारी दिएपछि त्यसलाई पुरा गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

पार्टीभित्र गुटबन्दीको अन्त्य गर्ने घोषणा गर्दै उनले भने, “कसैलाई जिम्मेवारी विहिन बनाईदैन, काखापाखा पनि गरिँदैन । समन्वय, सन्तुलन र सकारात्मक दृष्टिकोण राखेर काम हुन्छ ।” पार्टीपंक्ति र जनतामा नयाँ उत्साहको संचार गराउने योजनाको बिस्तृत खाकाको तयारी गरिरहेको उनले जानकारी दिएका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update