Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रामेछापमा जलविद्युत आयोजनाको बाँध खोल्दा जल्दै गरेको शव नदीले बगायो

मन्थली । रामेछापको उमाकुण्ड गाउँपालिकामा जलाईदै गरेको शव खोलाले बगाएको छ । लिखु २ जलविद्युत् आयोजनाले अकस्मात बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगेको हो । शनिबार साँझ गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला आयोजनाले बाँध खोलेर नदीमा पानी पठाएको थियो ।

शव जलिनसक्दै बाँधको पानी नदीमा खोल्दा लास बगेको मलामी गएका राजेन्द्र बस्नेतले बताए । उनका अनुसार पानी बढेकाले मलामीका केही सामानसमेत बगेको छ । 

सूचना जारी नगरी आयोजनाले बाँध खोलेको भन्दै स्थानीय आयोजनासँग रुष्ट बनेका छन् । जलविद्युत् आयोजनाहरुले बाँध खोल्नु पर्दा सार्वजनिक सूचना जारी गरेरमात्र खोल्नु पर्ने प्रावधान छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update