दोलखाली समाज दक्षिण कोरियाद्धारा विद्यार्थीहरुलाई न्यानो युनिफर्म बितरण
चरिकोट । दोलखाली समाज दक्षिण कोरियाले विद्यार्थीहरुलाई न्यानो युनिफर्म प्रदान गरेको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ स्थित भगवती आधारभूत विद्यालय, वडा नम्बर ६ स्थित भद्रावती प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई १३५ थान स्वीटर र टोपी प्रदान गरिएको हो ।
सोमवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई उक्त न्यानो युनिफर्म बितरण गरिएको भगवती आधारभूत विद्यालयमा प्रअ चित्र बहादुर खड्काले जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटी, वडा अध्यक्ष सहदेव खड्का, भरत पाण्डे लगायत सहभागी थिए ।
दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष अभि थापाका अनुसार हाल न्युजील्याण्डमा रहेका रामराजा ओली लगायतको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई न्यानो युनिफर्म बितरण गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० १०:१६
प्रतिक्रिया दिनुहोस्