Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चोरी भएर अमेरिका पुर्याइएका दोलखाका भैरब मूर्ति फिर्ता ल्याईंदै

काठमाडौँ । चोरी भएर अमेरिका पुर्याईएको दोलखाका दुई भैरव मूर्ति नेपाल ल्याईने भएको छ । ती मूर्ति २०५० र २०५१ माघमा चोरी भएका थिए ।

चोरी भएर विभिन्न ठाउँ हुँदै यी मूर्ति पछिल्लो समय अमेरिका पुगेका थिए। तीन दशकपछि यी दुई भैरव नेपाल फिर्ता आएका छन्।

दुई भैरवका मूर्तिसँगै च्यासलको उमामहेश्वरको र कुन ठाउँको भनेर पत्ता नलागेको दुर्गाको मूर्ति पनि सोमबार (आज) एकसाथ नेपाल फिर्ता हुन लागेका हुन् ।

चोरी गर्नेले दुई भैरवका टाउका मात्र काटेर लगेका थिए। मूर्तिको घाँटी भने मन्दिरमा त्यसै छाडिएको थियो। दुई मूर्तिमध्ये एउटाको घाँटीमा त्यसको निर्माण मिति उल्लेख छ। अभिलेख अनुसार मूर्तिको स्थापना मिति १५५० साल हो। यसलाई भगवानघरमा भने १६८९ सालमा स्थापना गरिएको थियो।

दुवै भैरव मूर्तिको डिजाइन एकै किसिमको भएकाले एकै समयमा निर्माण भएको हुनसक्ने अनुमान छ ।आकार भने एउटा ठूलो र अर्को अलि सानो छ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update