बिगु गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा १ जनाको मृत्यु, दुई जना घाइते
चरिकोट । दोलखाको विगु गाउँपालिकामा सडक खन्ने क्रममा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नम्बर–१ लामाबगरबाट लप्ची जाने सडक खन्ने क्रममा सुख्खा पहिरो खसेपछी घटना भएको हो ।
उक्त घटनामा विगु गाउँपालिका वडा नम्बर–१ का २२ बर्षिय कुसुम तामाङको मृत्यु भएको हो । प्रहरीको अनुसार पहिरोमा परेर विगु गाउँपालिका वडा नम्बर–१ का २८ बर्षको दिलकुमार तामाङ र ५८ रसमान तामाङ घाईते भएका छन् ।
उनीहरु नासा हाइड्रो पावरको सडक निर्माणमा खटिएका कामदार रहेको बुझिएको छ । लामावगरवाट लप्चि जाने सडक निर्माणको क्रममा देउराली भन्ने स्थानमा दिउँसो करिव ३ बजे माथिवाट सुख्खा पहिरो खसेको थियो । घाईतेलाई उपचारका लागि काठमाण्डौं पठाउने तयारी भैरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८० १८:४६
प्रतिक्रिया दिनुहोस्