चरिकोट । दोलखा चेस होम नेपाल बुद्दिचाल प्रतियोगिताको क्याम्पियन बनेको छ । उसले शनिबार सप्पन्न छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको हो।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको शनिबार फाइनलमा दोलखाले भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हरायो । दोलखाले ३.५–०.५ अंक अन्तरले हराएर उपाधि जित्यो । दोलखाबाट वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवालले भक्तपुरका पुरुषोत्तम सिलवाललाई पराजित गर्दा दोलखाका सुश्रुत दाहालले भक्तपुरका विकास चोकामीसँग बराबरी खेलेका थिए ।
दोलखाका मुहान नर्सिङ श्रेष्ठ र सुजना लोहनीले क्रमशः भक्तपुरका स्वर्णिम दुवाल र अभिक शाहलाई पराजित गरेका थिए ।
अर्को खेलमा मकवानपुर जिल्ला चेस संघलाई २.५–१.५ अंकले पराजित गर्दै कोशी प्रदेश तेस्रो भएको थियो ।
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उपाधि विजेता दोलखाले २ लाख रुपैयाँ र उपविजेता भक्तपुरले १ लाख २० हजार रुपैयाँ पुरस्कार पाए । कोशीले ६० हजार र मकवानपुरले ४० हजार पाए । प्रत्येक बोर्डका विजेता ४ खेलाडीलाई जनही १० हजार प्रदान गरिएको थियो ।
प्रतियोगितामा राष्ट्रिय स्तरका १९ क्लबले प्रतिस्पर्धा गरेको थियो ।