जिरीमा ट्याक्टर दुर्घट्ना, एक युवकको मृत्यु
चरिकोट । दोलखाको जिरी नगरपालिकामा ट्याक्टर दुर्घट्ना भएको छ । प्लाई कारखानाका लागि काठको मुढा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालक जिरी नगरपालिका–४ का २४ वर्षीय दावा शेर्पा रहेका छन् । उक्त ट्याक्टर राम प्लाई उड फ्याक्ट्रीका लागि जिरी नगरपालिका–४ स्थित सिउरानीको जंगलबाट काठको मुढा लिएर फर्किँदै थियो ।
लु ३ त ६८८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्याक्टर बीच सडकमा अनियन्त्रित भएर पल्टिँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि काठमाडौँ लैजादैँ गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २८, २०८० ०८:४३
प्रतिक्रिया दिनुहोस्