काठमाडौं । पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने दोलखाका एक युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर ५ की ३० वर्षिया युवती पूजा श्रेष्ठ रहेकी छन् । उनी हाल काठमाडौँ तार्केश्वर नगरपालिका वडा नम्बर ८ बस्दै आएकी थिईन् ।
उनले कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति आठ लाख पचास हजार रुपैयाँ लाग्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले पोल्याण्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाईदिने र मासिक तलब एक लाख पचास हजार रुपैयाँ हुन्छ भन्ने प्रलोभन देखाएकी थिईन् । पुजाले पटक पटक गरी पुनबाट दुई लाख पन्ध्र हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिईन्।
प्रहरीले श्रेष्ठलाई काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जनाएको छ ।