तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र मानेडाँडा राख्ने निर्णय
चरिकोट । दोलखाको तामाकोशी गाउँपालिकाले गाउँपालिकाको स्थायी केन्द्र टुंगो लगाएको छ । आज बसेको गाउँसभाले गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ३ को मानेडाँडालाई तोक्ने निर्णय पारित गरेको हो ।
गाउँपालिकाको स्थायी केन्द्रका लागि आज मतदान भएको थियो । जम्मा ३८ जनाले मतदान गरेकोमा मानडाँडा केन्द्र राख्ने प्रस्तावको पक्षमा २९ मत परेको छ भने बिपक्षमा ५ मत मात्रै खसेको छ । दुई मत बदर भएको छ भने दुई जना तटस्थ बसेका छन् । निर्णय पारित गर्न दुई तिहाइ अर्थात २६ मत आवश्यक थियो ।
गाउँपालिकाको स्थायी केन्द्रका लागि ५ वटा स्थान प्रस्ताव गएिको थियो । तामाकोशी गाउँपालिकाको यो निर्णयसँगै दोलखाका ९ वटै स्थायी तहको स्थायी केन्द्र टुंगो लागेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० १७:२३
प्रतिक्रिया दिनुहोस्