Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअन्तर्गत आज मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

निर्वाचन आयोगले आइतबार मतदाताको लागि अन्तिम नामावली प्रकाशित गरेपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमाले र माओवादीले आइतबार नै उम्मेदवार टुंग्याएका थिए भने कांग्रेसले बिहानै मात्रै टुंगो लगाएको हो ।

यसपटक सत्ता गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दै छ । त्यसैले एमालेले सबै १९ सिटकै लागि उम्मेदवारी दर्ता गराउँदैछ । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update