२७ माघ, काठमाडौं । दोलखा जिरी घर भई हाल काठमाण्डौँ बस्दै आएका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या घरकै कामदारले गरेको आशंका गरिएको छ । प्रहरीका अनुसार घरमा जडान गरिएको सीसीटीभी फुटेजमा घरमा रहेका कामदारले मुनालाई पिटेको दृष्य देखिएको छ ।
त्यसका आधारमा प्रहरीले हत्यामा कामदारकै संलग्नता रहेको आशंका गरेको हो । कार्कीको घरमा दांग घर भएका २२ वर्षीय विजय चौधरी काम गर्दै आएका थिए । मुनाको हत्यापछि चौधरी आफै झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
सिसिटिभि फुटेजमा महिलालाई घिसार्दै लगेर भान्सामा रहेको पिर्का प्रहार गरेको देखिएकाले हत्यामा कामदारकै संलग्नता रहेको देखिएको प्रहरी स्रोतले जानकारी दियो । तर मुना र चौधरीबीच के विषयमा बिवाद थियो भन्ने खुलि नसकेको प्रहरीको भनाई छ । पुर्व सचिव कार्की विहान पशुपतिको दर्शन गरेर घर फर्किदा श्रीमतीलाई अचेत अवस्थामा फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।
त्यसपछि मुनालाई तत्काल अस्पताल पुर्याईएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । द्धट्नाको प्रहरी र फरेन्सिक विज्ञको टोलीले अनुसन्धान गरिरहेको छ ।