सिन्धुपाल्चोकमा एकसातामै दुई पटक भूकम्प, आसपासका जिल्लामा पनि धक्का महसुस
काठमाडौं । सिन्धुपाल्चोकमा एकैसाता दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । केन्द्रका अनुसार, यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो । केही दिन अघि मात्रै सिन्धुपाल्चोककै लिस्तिकोटलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८० ११:३५
प्रतिक्रिया दिनुहोस्