Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा घर बताउने दुई युवक डलर सटही गर्ने भन्दै ७ लाख ठगेर फरार 

चरिकोट । डलर सटही गर्ने भन्दै ठगी गरेर दुई जना युवक फरार भएको उजुरी परेको छ ।  दोलखा जिल्ला घर बताउने अन्दाजी २५/३० वर्षका दुई युवक सात लाख रुपैयाँ ठगी गरी फरार भएका हुन् ।

उनीहरुले सिन्धुली हरिहरपुरगढी नगरपालिका–४ घर भई हाल भक्तपुर बस्दै आएका ३८ वर्षिय गिरीमान मोक्तान र उनका भाई ३२ वर्षिय नविन मोक्तानलाई डलर भनी ठगी गरेर फरार भएको प्रहरीले जनाएको छ । उनीहरुले २० को ४२२ थानको जम्मा ८४४० रुपैँया रहेको पैसाको झोला दिई ७ लाख नेपाली रुपैयाँ लिएर फरार भएको भन्दै मोक्तान दाजुभाईले प्रहरीको उजुरी दिएका छन् ।

डलर साट्ने भन्दै उनीहरुले दुई दाजुभाईलाई लिसंखुपाखर गाउँपालिका वडा नम्बर ४ एक्काईस किलोमा बोलाएका थिए । प्रहरीका अनुसार फरार व्यक्तिहरुको पहिचान खुलि नसकेको र घट्नाबारे अनुसन्धान भैरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update