बालकुमारी घट्ना अनुसन्धान गर्न उच्च स्तरीय आयोग गठन
काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । बालकुमारीमा प्रहरीले गोली चलाउँदा दुई जना युवकको ज्यान गएको थियो ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आयोगमा अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०८० ०९:३३
प्रतिक्रिया दिनुहोस्