Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
शुक्रवारदेखि दोलखा महोत्सव, यस्ता छन् आकर्षण

चरिकोट । दोलखा महोत्सव आजदेखि सदरमुकाम चरिकोटमा सुरु हुँदैछ । दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजकका अनुसार प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि बिहान ११ बजे आईपुग्ने कार्यक्रम रहेको छ । 

महोत्सवमा बिभिन्न १५० स्टल रहनेछन् । आयोजकका अनुसार स्थानीय उत्पादनका बस्तु बिक्रीवितरण तथा प्रवद्र्धन गर्ने स्टल राखिने छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साँस्कृतिक प्रस्तुती रहनेछ  । जसका लागि कलाकार मिलन नेवार, राजनराज शिवाकोटी, एलिना चौहान, हरिबहादुर राउत, प्रीति आले, ज्योति मगर, नवराज घोरासैनी, रमेश प्रसाई, प्रताप दास, रमेशराज भट्टराई, हरिबहादुर लगायतका कलाकारहरु आउनेछन् ।  

महोत्सव अवधिमा टुडिखेलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचडी, विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने छन् ।  अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन ‘न्यु इयर इभ’ का रूपमा दोलखा भ्रमणमा आउने पर्यटकको स्वागतका लागि पुस १५ गते चरिकोट बजार क्षेत्रमा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना गर्ने तयारी छ । 

‘दोलखा महोत्सवको दिव्यदृटि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ नारासहित आयोजना गरिएको १० दिने दोलखा महोत्सव पुष १३ गतेदेखि २२ गतेसम्म चल्नेछ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update