चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर–१ का २२ वर्षीय भगीन थामी धारिलो हतियार प्रहारबाट गम्भिर घाईते भएका छन् ।
स्थानीयका अनुसार उनलाई सोही गाउँपालिकाका युवाले धारिलो हतियार प्रहार गरेका हुन् । घाइतेले आफुमाथी छुरा प्रहार भएको बताएका छन् । तर अर्को पक्षले घटनामा बोतल प्रयोग भएको दाबी गरेको छ ।
कालिञ्चोक गाउँपालिका–२, बाबरेमा उधौँली पर्वको अवसरमा लागेको जात्रामा बिवादपछि थामीमाथि धारिलो हतियार प्रहार भएको हो । घाइते भएका भगीनको सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न भएको आशंंकामा प्रहरीले कुसल नेपालीलाई नियन्त्रणमा लिएको थियोे । तर धारिलो हतियार प्रहारमा उनको संलग्नता नदेखिएकाले हाजिरी जमानिमा छाडिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको अभियोगमा अन्य युवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।