टीआरसी विद्येयक टुंग्याउन प्रचण्ड, ओली र देउवाको बैठक
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउन प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टीआरसी विद्येयकबारे छलफल भएको हो ।
त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न संसदमा विधेयक रहे पनि दलहरूबीच सहमति नहुँदा उक्त विधेयक अघि बढ्न सकेको छैन।
विधेयकमा सहमति जुटाउन ११ सदस्यीय समिति बनाइए पनि मुख्य विषयमा उक्त समितिले सहमति नै जुटाउन सकेको थिएन।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० ११:२८
प्रतिक्रिया दिनुहोस्