Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी केन्द्र विद्यान सम्मेलनको तयारीमा 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलनको तयारीमा जुटेको छ । आउँदो फागुन पहिलो साता सम्मेलन गर्ने निर्णय गर्दै माओवादी केन्द्र त्यसको तयारीमा लागेको हो । बिहीबार बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय छ ।

उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सम्मेलनका लागि विधान मस्यौदा गर्न सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवहरू गणेश साह र राम कार्की छन् ।

माओवादीले यसअघि तीनमहिने रूपान्तरण अभियान सकिएपछि मंसिरमै विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, रूपान्तरण अभियानको समयावधि चार महिना पुर्‍याइएपछि फागुनमा विधान सम्मेलन गर्न लागिएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update