Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा विपद व्यवस्थापनलाई मजबुत बनाउने तयारी (महत्वपुर्ण ९ निर्णय)

चरिकोट - जिल्ला विपत व्यवस्थापन समिति दोलखाले विपत व्यवस्थापन र प्रतिकार्य योजनालाई मजबुत बनाउने तयारी गरेको छ । हालसम्म भएका कामकारबाहीको समिक्षा गर्दै समितिले स्थानीय स्तरसम्म विपत व्यवस्थापनलाई थप मजबुत बनाउने निर्णय गरेको हो । मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ लाइ पारित गर्दै समितिले सवै स्थानीय तहहरुमा गठन भएका विपद् ब्यबस्थापन समितिलाई सक्रिय बनाई तत्काल विपद उद्धार राहतका लागि आवश्यक पर्ने विपद् खोज तथा उद्धार सामग्री खरिद गर्ने तथा सम्बद्ध सवै निकायहरु लाई पूर्व तयारीका लागि उच्च सतर्कताका साथ राख्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासनजिल्ला विपद् व्यवस्थापन समितिको मिति २०७७ जेठ १५ गते वसेको बैठकको निर्णय:

१. हाल सम्म भए गरेका कार्यहरुको समिक्षा गरियो । यस सन्दर्भमा हाल सम्म क्वारेन्टाइनको बेड संख्या ३86, अहिलेसम्म 29 ठाउँमा क्वारेन्टाइन रहेका छन् । २७ जनाको PCR गरिएको र ६०५ जनाको RDT गरिएको छ, टाइम कार्ड अनुसार खाद्यान्न, निर्माण समाग्री ढुवानी गर्न अनुमति दिने गरिएको, विहान ६ बजे पसल खुल्न पाउने ब्यबस्था, अन्य जिल्लाको सहमतिको आधारमा अनुमति दिने गरिएको, प्रदेश विन्दु खरीढुङ्गा र किर्नेटारमा हेल्प डेस्क र Disinfaction Tunnel तयार गरिएको, गलत कार्य गर्ने एम्बुलेन्सहरुलाई कारवाही भएको, हरेक पालिकाका वडाहरुमा क्वारेन्टाइन राखिएको, RDT र PCR खरिद गर्न पालिकामा अनुरोध गरिएको, बैदेशिक रोजगारीमा तेस्रो देशमा रहेका मृतकहरुको शव व्यबस्थापनमा जानकारी गराइएको, भारत तथा तेस्रो देशमा रहेका दोलखा फर्कने व्यक्तिहरुको तथ्याङ्क संकलन गरिएको, तारादल गण द्वारा शव व्यबस्थापन सम्बन्धी Simulation कार्य भएको, जम्मा PPE १३८२, थर्मल गन 242 रहेको, कोभिड-19 को लागि खोज पडताल टिम गठन भएको, हरेक पालिकामा Quick Response Team गठन गरिएको जानकारी प्राप्त गरियो ।

२. जिल्ला विपद् ब्यबस्थापन समितिबाट तयार भएको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ लाइ पारित गर्ने। सवै स्थानीय तहहरुले पालिका स्तरीय विपद् ब्यबस्थापन समिति गठन भएकोलाइ सक्रिय बनाइ तत्काल विपद उद्धार राहतका लागि आवश्यक पर्ने विपद् खोज तथा उद्धार सामग्री खरिद गर्ने तथा सम्बद्ध सवै निकायहरु लाई पूर्व तयारीका लागि उच्च सतर्कताका साथ रहने, साथै आज यस जिल्लाको भीमेश्वर न.पा. २ का ७६ बर्षिय पुरुषको PCR रिपोर्ट अनुसार कोभिड-19 Posative देखिएको व्यहोरा समेत जानकारी गराईयो ।

३. भारतबाट यस जिल्लाको विभीन्न पालिकामा ठूलो संख्यामा व्यक्तिहरु आउने क्रम जारी छ । ९ वटै पालिकाको तथ्याङ्क हेर्दा करीव ५ हजार आउने अनुमान छ । तेस्रो मुलुकबाट आउने क्रम पनि शुरु हुने अवस्था छ । तसर्थ यस्ता ब्यक्तिहरुलाई विना परिक्षण घरमा पठाउन नसकिने हुँदा केन्द्र सरकार, प्रदेश सरकारमा RDT Kit ४ हजार र स्वाव संकलनका लागि २ हजार VTM माग गर्ने ।

४ .जिल्ला स्थित ९ वटै स्थानीय तहहरुमा सञ्चालनमा रहेको स्थानीय विपद् व्यबस्थापन कोषलाई वृद्धि गर्दै लैजाने, खाद्य वस्तु सहितको सञ्चय बैंक (Food Bank) स्थापना गर्न तयारी गर्ने ।

५. यस जिल्लाको मेलुङ गाउँपालिकामा चट्याङ बाट मृत्यू भएका पीडित परिवारलाई राहत मापदण्ड बमोजिमको रकम उपलब्ध गराउने ।

६. प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, वागमती प्रदेश हेटौडा, मकवानपुर नेपालको च.नं. २४४३ मिति २०७७/०२/०८ गतेको पत्रानुसार Ayurveda and Alternative Medicine Guidelines Of Preventive Measure and Management Protocol For COVID-19 in Nepal Guideline Protocol बमोजिम दोलखा जिल्लाको सवै स्थानीय तहहरुमा कार्यान्वयनको लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखालाइ जिम्मेवारी दिने । साथै सो कार्यलाई सफल बनाउनको लागि सवै सरकारी कार्यालय तथा स्थानीय तहहरुले आवश्यक सहयोग समेत गर्ने ।

७. यस जिल्लाको गौरीशंकर, विगु र कालिञ्चोक गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको हुँदा केन्द्र तथा प्रदेशमा जानकारी गराई अध्ययन टोली झिकाउन र बजेट ब्यवस्थाका लागि अनुरोध गर्ने।

८. कोभिड-19 को रोकथाम तथा उपचारका लागि सदरमुकाममा एक Dedicated एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यबस्था मिलाउने र त्यसको खर्च संयुक्त कोष बाट ब्यहोर्ने ।

९. शव व्यबस्थापन स्थानको छनौट र निर्णय सवै स्थानीय तहहरुले गरी सो को जानकारी विपद् व्यबस्थापन समितिलाई गराउने ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update