Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सर्वोच्चमा सिफारिस ६ जना न्यायधीसको नाम अनुमोदन

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन भएको छ । न्याय परिषद्ले सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको नाम संसदीय सुनवाई समितिले अनुमोदन गरेको हो । 

गत सोमबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ सकिएपनि नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय भने भइसकेको छैन ।

सुनुवाइ भएका व्यक्तिहरूको नाम अनुमोदनको निर्णय गर्नका लागि बुधबार संसदीय सुनुवाइ समितिको बैठक बोलाएको थियो । बैठकले ६ जनाकै नाम अनुमोदन गरेको सदस्य लीलानाथ श्रेष्ठले जानकारी दिए । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update