Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एनसेलको सेयर कारोबारमा अनुमति नदिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर कारोबारमा कुनै स्वीकृति र सहमति नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेल यसको कारोबार गर्न नदिने निर्देशन दिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सञ्चामन्त्री रेखा शर्मासहितलाई बोलाएर मंगलबार छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्म यसको शेयर कारोबारमा कुनै पनि स्वीकृति तथा सहमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनेु समितिको निर्देशनमा छन् ।

समितिले सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समिति( २०८० को प्रतिवेदनलाई समेत आधार लिई प्रचलित कानुनबमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कररगैरकर रकम एनसेलबाट असूल उपर गर्न पनि पनि समितिले निर्देशन दिएको छ ।

एनसेल जस्ता ठूला कम्पनी खरिद विक्री गर्दा खरिद कर्ताको क्षमता, कम्पनी चलाएको अनुभव भएरनभएको जाँच गरी कार्यान्वयन गर्न पनि समितिले निर्देश गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update