Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मिलिजुली-कालीञ्चोक सहकारी अब आफ्नै व्यवस्थित भवनमा

चरिकोट । दोलखाको मिलिजुली-कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अब आफ्नै भवनबाट सेवा दिने भएको छ ।

सहकारीले अब भीमेश्वर नगरपालिका-६ स्थित चरिकोट बीचबजारमा निर्माण गरिएको भवनबाट सेवा प्रवाह गर्नेछ । नवनिर्मित भवनको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरियो । 

संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष मिनराज कँडेलले नवनिर्मित भवनको उद्घाटन गरे । भवनको उद्घाटनपछि संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको सेवा प्रवाह र गतिविधि अब थप सुदृढ र व्यवस्थित ढंगले अघि बढ्ने बताए ।

नवनिर्मित भवनमा सुविधा सप्पन्न हल, ब्यबस्थित कार्यालयसहितको संरचना तयार पारिएको छ । यो सहकारी एक्सेस र सिल्बर ब्रान्ड प्राप्त दोलखा जिल्लाको ठुलो सहकारी संस्था हो । 

२०५० सालमा स्थापना भएको सहकारीमा ३४ हजार ३ सय ३४ सदस्य आबद्ध भैसकेका छन् । आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्म संस्थाको कुल पूँजी १ अर्ब २६ करोड, १५ लाख ५ हजार ४१७ रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update