एकीकृत समाजवादी दोलखाको अध्यक्षमा दाहाल सर्बसम्मत चयन
चरिकोट । नेकपा (एकीकृत समाजवादी) दोलखाको दशौं जिल्ला अधिवेशनले भिम प्रसाद दाहाललाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले दहालको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
नवनिर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा अशोक कुमार दहाल र संगिता पाख्रीन चयन भएका छन् ।यस्तै सचिवमा मोहन थापा, उपसचिवमा प्रकाश कुमार केसी, बैकुण्ठ भन्डारी, ताम प्रसाद आपागाई रहेका छन् ।
जिल्ला अधिबेशनको नेकपा एसका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, पुस १, २०८० ०७:२०
प्रतिक्रिया दिनुहोस्