Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाडौं - सरकारले नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संघीय संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याईएकोमा नयाँ आर्थिक वर्षको बजेट घटाएर ल्याईएको छ । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको हो ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए । आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने बजेटको लक्ष्य छ ।

हेर्नुस पुर्णपाठ :

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update