दोलखाको एम्बुलेन्स काठमाडौंको कोटेश्वरमा दुर्घटना
काठमाडौं । दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा सञ्चालित एम्बुलेन्स काठमाडौंमा दुर्घटना भएको छ । प्रदेश–३–०१– ०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको हो ।
गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स केहिदिन अघि दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको थियो। एम्बुलेन्स विपरीत दिशाबाट आएको कारसँग ठोक्किएर दुर्घटना भएपनि मानवीय क्षति भएको छैन ।
तर, एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ। ठक्करपछि कारचालक फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८० १८:४८
प्रतिक्रिया दिनुहोस्