Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता खाँण ३० लाख धरौटीमा छुट्ने

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि कांग्रेस नेता बालकृष्ण खाँण ३० लाख रुपैयाँ धरौटीमा छुट्ने भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको अवस्थाको अभाव देखिएको भन्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

अब खाँणले ३० लाख रुपैयाँ बराबर नगद, जमानत वा बैंक ग्यारेन्टी बुझाएर रिहा हुन सक्नेछन् । खाँणले यो धरौटी काठमाडौं जिल्ला अदालतमा बुझाउनुपर्नेछ । उच्च अदालतको आदेशको पत्र पाएपछि जिल्ला अदालत काठमाडौंले खाँणसँग धरौटी रकम वा बैंक ग्यारेन्टी लिनेछ ।

त्यति गर्दा पनि खाँण छुट्न पाउने छैनन् । केन्द्रीय कारागार कार्यालयका प्रमुख ललित बस्नेतका अनुसार खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागलाई बुझाउनुपर्नेछ । 

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धीकरण र अख्तियारले पनि अनुसन्धान गरिरहेकाले रिहा हुनुअघि कारागारले अभियुक्तलाई ती निकायमा बुझाउनुपर्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update