Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपातको प्रयास

धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा दुर्व्यबहारको प्रयास भएको छ । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार गर्ने प्रयास भएको हो । ओलीमाथि सोही स्थानमा महेश राईले मुक्का प्रहार गरेपनि सुरक्षागार्ड र अन्य सहभागीले रोकेका थिए । 

भिडियोमा ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहारको प्रयास गरेको देखिन्छ । त्यसपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । राईलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताए ।

उनका अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई उनले छुन पाएनन् । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति निकालेर ओली भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका एक व्यक्तिले अस्वभाविक व्यवहारलाई देखाएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको दाबी भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update