Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
टिकटक माथिको प्रतिबन्ध हटाउने प्रधानमन्त्रीको संकेत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक टिकटक प्रतिबन्ध हटाउने संकेत गरेका छन् । टिकटकका उच्च अधिकारीसँग भएको अनौपचारिक कुराकानीका क्रममा उनले यस्तो संकेत दिएका हुन् । प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिए ।

नियमनमा आउन तयार भएकाले यसमाथिको प्रतिबन्ध खुल्न सक्ने आधार रहेको उनको भनाई छ । टिकटकमाथिको प्रतिबन्धका विषयमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले समेत प्रधानमन्त्री प्रचण्डसँग चासो राखेका छन् ।

प्रधानमन्त्रीको सचिवालयमा रहेको १५ सदस्यीय समितिले विभिन्न सामाजिक सञ्जाल माथि अध्ययन गरिरहेको छ । समितिले डेढ महिनाभित्र समितिले प्रधामन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी छ ।  

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update