बि.स. २०६१ बाट स्पाइस नेपाल कम्पनीले मेरो मोबाइल बाट आफ्नो प्रसारण सुरु गरेको हो। मुख्य लगानीकर्ता राजा ज्ञानेन्द्रका ज्वाइँ राज बहादुर सिंहको ७५ प्रतिशत लागानी र २० प्रतिशत अन्य नेपाली मूलका बिदेशी नागरिक (एनआरएनए) ५ प्रतिशत भारतीय लागानी रहेको थियो। त्यो बेला देशमा राजतन्त्र अन्त्य हुँदै थियो ।
त्यसैले मेरो मोबाइल किने बिदेशी कम्पनी खोज्ने काम सुरु भयो । २०६५सालमा स्विडेन कम्पनी टेलिया सोनेराले ६०।४प्रतिशत शेयर किन्यो । २०६६ सालको अन्त्य तिर टेलियाले मेरो मोवाइलको नाम एनसेल राख्यो। त्यो बेला कम्पनीले एक विलयन युरो डलर आफ्नो ब्रान्डिङको लागि खर्च गर्यो।
बि.स. २०७९ मा उपेन्द्र महत्तोको कम्पनी सिनर्जि नेपालसँग भएको २० प्रतिशत शेयर निरज गोबिन्द श्रेष्ठको कम्पनी (सुनभेरा क्यापिटल) ले खरिद गर्यो। यो समयमा प्रती कित्ता १६५०० पर्ने शेयर प्रती किता १००० बनाएर लाभकर १५प्रतिशत मात्र लाभकर तिरे। राज्यलाई तिर्नु पर्ने प्रती कित्ता १६५०० को ३ अर्ब हुन आउथ्यो।
२०७३ मा टेलिया स्विडेन कम्पनीले आफ्नो ८० प्रतिशत शेयर आजिएटा मलेसियन कम्पनीलाई १ खर्ब ४४ अर्बमा बिक्रि गर्यो। टेलियाले राज्यलाई तिर्नु पर्ने लाभकर झण्डै ५७ अर्ब थियो। त्यो समय नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माहालेखा परीक्षकमा टंकमनी शर्मा थिए। जस्ले ५५ प्रतिबेदनबाट एनसेल को फाइल नै गायब गरिदिएका थिए। फेरि नयाँ प्रकरणमा पनि प्रधानमन्त्री उहि प्रचण्ड अनि छानविन समितिमा उहीँ टंकमनी शार्मा रहनुले प्रकरण प्रमुख पात्र देशको सरकार हो भनेमा दुबिधा छैन।
एनसेलका स्वदेशी कम्पनी २० प्रतिशत शेयर लाभकरका माफिया उपेन्द्र महतो, निरज गोविन्द श्रेष्ठ, भावना सिंह श्रेष्ठको कम्पनी सुनभेरा क्यापिटलसम्म आइपुग्दा ११अर्ब करछली गरेको बिभिन्न तथ्यहरुले देखाएका छन।भावना सिंह श्रेष्ठ आजिएटा कम्पनीको ८०प्रतिशत शेयर खरिदकर्ता नेपाली मुलका सिङ्गापुरे नागरिक सतिसलालको श्रीमती हुन् ।
एनसेल कम्पनीको ८० प्रतिशत शेयरमा चलखेल
टेलिया कम्पनीले वि.स. २०७३ सालमाआजिएटा कम्पनीलाई आफ्नो ८० प्रतिशत शेयर बिक्रि गर्दा ५७अर्ब लाभकर तिर्ने ५४ प्रतिबेदनमा महालेखाका सत्य आर्चायले प्रतिबेदन पेस गर्यो। तत्काल दाहाल प्रधानमन्त्रीले सत्य आचर्यालाई निलम्बन गरि टंकमनी शर्मालाई जिम्मेवारी दियो।शर्माले ५५ प्रतिवेदनमा एनसेल फायलनै गायव पारिदिए ।
टेलिया ५७ अर्ब नेपालीको जनताको लाभकर नतिरी आफ्नो उल्झनबाट मुक्त भयो। यो प्रकरणको मुख्य मतियार तत्कालीन प्रधानमन्त्री प्रचण्ड र शर्मा नै थिए । राजनिती नबुझी केही पार्टीका संघसंगठनले एनसेल सम्बन्धी त्यो बेला आगजनी नाराबाजी गरे।कौरव र दुर्योधन पात्र र प्रबृत्ती भएका राजनिती चक्रब्युमा एनसेल अभिमन्यु बन्यो । यो विषय थोरैले बुझेका छन् ।
फेरि आजिएटा कम्पनी बहिर्गमनको दिशामा छ। जस्ले आफ्नो ८० प्रतिशत शेयर ९६.४ प्रतिशत घाटामै स्पेट ग्लाइड युके कम्पनीका मालिक सतिसलाल आचार्य बिक्री गर्ने जानकारी दिएको छ। खरिद–बिक्री सामान्य प्रक्रिया हो । तर नेपाल दुर सञ्चार कार्यलय, ठुला करदाता कार्यलय र राजस्व बिभागका केही लेखा परिक्षण नगरी खरिद–बिक्रीले सरकार माथी नै गम्भिर प्रश्नचिन्ह खडा भएको छ।
एनआरएनए सतिसलालको योजना
गैर आवासीय (एनआरएनए) सिङगापुरका सतिसलाल आचार्य हाम्रो नेताका गोठाला र खेताला हुन। नेताको कालो धनलाई सेतो बनाउन सबै नेपाली मुलका बिदेशी नागरिकको ठुलो भुमिका छ।
आजिएटा सग ९६.४ प्रतिशत घाटा खाएर खरिद गर्दा ऐन अनुसार लाभकर राज्यलाई तिर्नु नपर्ने अनि आफूसग भएको ८० प्रतिशत शयेर मध्ये २० प्रतिशत मात्र आफ्नो श्रीमती भावना सिंह श्रेष्ठ या अन्य कोही नेताको नाममा राखिदिए एनसेल को स्वामित्व नेपाल सरकारको नहुने साथै ८६ मा सकिने सम्झौता पुर्न २५ वर्ष थपेर लाइसेन्स पनि आउने र कर पनि तिर्नु नपर्ने हुदा खर्बौ सम्पत्ति कुम्ल्यार मालिक हुने देखेर होला आचार्यले सबै नेतालाइ सिङगापुरमा ज्वाइँ रात्रीभोज गराउछ। त्यसैले सबै ठुला दल मुखमा चाबी लगाएर बसेका छन।
त्यति मात्र होइन ब्रिटेन र नेपालको दोहोरो कर प्रणाली अन्त्यको संघारमा छ। कालन्तरमा सतिसलालले खर्बौ सम्पतीको मालिक भएर ६ अर्बको कर तिर्न हाकु काले दीर्घकालीन योजना बनाएका छन।
बिदेशी कम्पनीलाई लागानी गर्न चीन र भारतले २० प्रतिशत बर्ष सम्म कर फ्री र १५ प्रतिशत लिने बिदेश नीति लिएका छन। उनीहरुको मल्टी नेसनल कम्पनी भित्र्याएर अर्थतन्त्र थप बलियो बनाउछन् । एनसेल आर्थिक बर्ष ७८÷८९÷८० मा कर तिर्ने कम्पनीको तीन नम्बरमा पर्छ। जब जब देशमा प्रधानमन्त्री प्रचण्ड हुन्छ्न । त्यो बेला एनसेल प्रकरण आउँछ। यो अहिलेको आयोग मिलाउन र माफियालाई छुट दिन तायार गरिएको नाटक हो।
सबैका प्रिय छन सतिसलाल । के ओली ! के सेरबहादुर ! के प्रचण्ड ! सबैको एउटै नीति माफिया जोगाउने र एनसेलले तिर्नु पर्ने कर नेतालाई चुनाव लड्न लिन्छ्न, अनि कसरी राज्यलाई कर आउँछ ? एनसेललाई लखट्नु अघि नेता लखेट्न जरुरी छ।
-थापा दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष हुन् ।