जिल्ला सहकारी संघ दोलखाको अध्यक्षमा शर्मा चयन
दोलखा । जिल्ला सहकारी संघ लिमिटेड दोलखाको १८ औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम चरिकोटमा सम्पन्न साधारणसभाले संघको अध्यक्षमा देवी प्रसाद शर्मालाई चयन गरेको छ । यस्तै साधारण सभाले वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, महिला उपाध्यक्षमा सरुणा बस्नेत, महासचिवमा दिलबहादुर केसी र कोषाध्यक्षमा नविन कुमार खतिवडालाई चयन गरेको छ ।
साधारण सभाले पदाधिकारीसहित ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको सचिव, लेखा समितिको संयोजक र खुला महिला सदस्यमा सहमति जुटाउने प्रयास भैरहेको बताईएको छ ।
कार्यसमितिको सदस्यमा अप्सरा चौलागाई, गोपाल जिरेल, सविना भण्डारी र सन्तोष खड्का भने चयन भैसकेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८० २३:१३
प्रतिक्रिया दिनुहोस्