त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । १४ किलो सुनसहित एक जना व्यक्ति पनि पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार सुन ल्याउन लगाउने मिन घलेलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ । घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए । उनीबाट बरामद भएको सुन शुक्रबार जोखिने र त्यसको गुणस्तर परीक्षण गर्ने तयारी छ ।
घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको छ । अन्य केही व्यक्ति पनि संलग्न हुनसक्ने भएकाले अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० ०७:४३
प्रतिक्रिया दिनुहोस्