Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको समिति बैठकले एनसेलको अहिले चलिरहेको खरिद–बिक्री प्रक्रिया तत्काल अगाडि नबढाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

सभापति ऋषिकेश पोखरेलका अनुसार यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समितिमा डाकेर छलफल गर्ने तयारी छ । 

बैठकमा धारणा राख्ने अधिकांस सांसदहरुले एनसेल खरिद–बिक्री प्रकरणमा उच्चस्तरका नेताहरुको समेत संलग्न रहेको आरोप लगाएका छन् । उनीहरुले नेपालमामा लगानीको वातावरण नभएर बाहिरिन लागेको भन्ने एनसेलको विज्ञप्तिका विषयमा पनि नेपाल सरकारको प्रस्ट धारणा आउनुपर्ने बताए ।

बैठकमा सांसदहरु अमरेशकुमार सिंह, अर्जुननरसिंह केसी, हरि ढकाल, मनिष झा, राजन केसी, योगेश भट्टराई, राजेन्द्र लिङ्देनलगयातले बोलेका थिए ।

आजियटाले सन् २०१६ मा १ खर्ब ४३ करोड रुपैयाँमा खरिद गरिएको कम्पनी अहिले करिब साढे ३ प्रतिशत मूल्य अर्थात् ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update