Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय कार्ड, दोलखा मेलुङका पुरुष पक्राउ

काठमाडौं । नेपालीलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाईदिने गरेको अभियोगमा दोलखा मेलुङका पुरुष पक्राउ पक्राउ परेका छन् । दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ४७ वर्षिय गोविन्द खड्का र उनका अन्य दुई जना सहयोगी पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्य दुई जनामा ओखलढुंगा चिसंखुगढी गाउँपालिका ८ रातोमाटेका ३९ वर्षिय नविन राई र रुपन्देहीको तिलोतमा नगरपालिका २१ केटिहवाका बिनोद न्यौपाने रहेका छन् । काठमाडौं उपत्यका भित्र भएका क्यासिनो प्रबेश गराई खेलाउने प्रयोजनको लागि नेपाली नागरिकको भारतीय कागजातहरु बनाईदिने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरु उपर थप अनुसन्धान कार्य भैरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update