अबैध सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ
काठमाडौं । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखाना संचालन गर्ने एक जना व्यक्ति पक्राउ गरेका छन् । मंगलबार राति न्युरोडस्थित कारखानामा छापा मार्ने क्रममा न्यु ओमपर्ल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई काठमाडौंको सानोभर्याङ बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डे पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले त्यहाँबाट सुन समेत बरामद भएको जानकारी दिए । यद्यपि कति परिमाणको सुन हो भन्ने यकिन भइसकेको छैन।
५ किलो भन्दा बढी सुन हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनले तस्करी गरी ल्याएको सुन बिक्री गर्ने गरेको भन्दै प्रहरीले छापा मारेको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० ११:४१
प्रतिक्रिया दिनुहोस्