Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका कोरोना संक्रमितको सम्पर्कमा पुगेका १९ जना  क्वारेन्टाईनमा

चरिकोट - भिमेश्वर नगरपालिकाका कोरोना संक्रमित बृद्धको उपचारमा संलग्न स्वास्थ्यकर्मी र उनको सम्पर्कमा पुगेका एक जना नेपाली सेनाका जवानलाई क्वारेन्टिनमा राखिएको छ । भिनपा २ तिखातलमा ७६ वर्षिय बृद्धमा कोरोना पुष्टि भएको थियो ।

धुलिखेल अस्पतालद्धारा संचालित दोलखा अस्पतालमा भर्ना भएका उनको उपचारमा संलग्न ६ जना स्वास्थ्यकर्मी र एक सैनिक जवानलाई क्वारेन्टिनमा राखिएको हो । स्वास्थ्यकर्मीहरुलाई अस्पताल परिसरमा निर्माण गरिएको क्वारेन्टाईन र सैनिक जवानलाई तारादल गण चरिकोट स्थित क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

मेलुङ गाउँपालिका घर भएका सैनिक जवान एक रात बृद्धको घरमा वसेका थिए । उनीसँगै उनको सम्पर्कमा पुगेका अन्य एक दर्जन सैनिक जवानलाई पनि क्वारेन्टाईनमा राखिएको छ ।

दोलखा स्थित अस्पतालमा भर्ना भएका वृद्धलाई काठमाण्डौं रिफर गरिएको केहीदिनपछि बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको गम्भिर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update