Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कालिञ्चोकदेखि नागदहसम्म ‘अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ साइक्लिङ’

चरिकोट । दोलखा कालिञ्चोकदेखि नागदहसम्म पहिलो अन्तर्राष्ट्रिय डाउनहिल मास ट्रयाक ट्रेल माउन्टेन बाइकिङ साइक्लिङ हुँदैछ । ९ हजार ६ सय फिट उचाइमा हुन लागेको साईक्लिङ पर्यटन बोर्ड, भीमेश्वर नगरपालिका र यति ओरिजिन्सले आयोजना गरेका हुन् ।

आयोजकका अनुसार प्रतियोगितामा २७ विदेशीसहित ९० जना नेपाली प्रतियोगी सहभागी हुनेछन् । चारवटा विधामा सञ्चालन गरिने प्रतियोगिता एसियामा पहिलोपटक आयोजना गरिएको आयोजकको दाबी छ । प्रतियोगितामा १६ देशको सहभागिता रहनेछ ।

कालिञ्चोकदेखि नागदहसम्म २६ किलोमिटर साइक्लिङका विजेता दुई लाख ५० हजार रुपैयाँ नगद जित्नेछन् । प्रतियोगिताममा सहभागी हुन विश्व प्रख्यात फ्रान्सका माउन्टेन बाइक साइक्लिङ खेलाडी किलियन ब्रोन पनि सहभागी हुन दोलखा आएका छन् ।

उनीसँगै अन्य विश्व प्रख्यात साइक्लिस्टहरु प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ । तीन हजार ८४१ मिटर उचाइबाट सुरु भएर ८६० मिटरमा प्रतियागिता समापन हुनेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update