चरिकोट । दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ को रामबोले मेलामा कुटपिटको घट्ना भएको छ । रामबोलेको कालिदेवी मन्दिरमा लागेको एकादशी मेलामा बिवादपछि कुटपिट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमवार बिहान बैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीका जियाङ घिसिङ र सागर घिसिङको कुटपिटबाट जिरीका दुई जना युवक घाइते भएका छन् ।
जिरी नगरपालिका वडा नम्बर ८ का २१ वर्षीय छिरिङ शेर्पा र उनका २७ वर्षिय दाजु हेनर्बु शेर्पा घाईते भएका हुन् । घाइतेहरुलाई जिरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । कुटपिटमा संलग्न गैरीमुदीका दुबै जना युवक पक्राउ गरी अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।
स्थानीयका अनुसार मन्दिरमा मेला लागिरहेको समयमा मापासे गरेका युवाहरुबीच बिबादपछि कुटपिटको घट्ना भएको हो । रामबोले मन्दिरमा वर्षेनी भव्य मेला लाग्ने गर्दछ ।