Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लागु औषध कारोवारको अभियोगमा दोलखा बैतेश्वरका युवक पक्राउ

काठमाडौं । लागु औषध कारोबार गर्ने गरेको अभियोगमा प्रहरीले दोलखा बैतेश्वरका एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बैतेश्वर गाउँपालिका वडा नम्बर २ मिर्गेका २९ वर्षिय भुवन तामाङ रहेका छन् । हाल काठमाडौंको मिनभवन बस्दै आएका उनलाई कोटेश्वर दोभानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागु औषधको कारोबार भैरहेको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो ।

तामाङ खैरो हेरोईन जस्तो देखिने बस्तुसहित पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी बृत बानेश्वर पठाईएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update