चरिकोट - कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण लकडाउन जारी रहँदा बैतेश्वर अस्पतालले एम्बुलेन्सको नयाँ भाडादर कायम गरेको छ । अस्पतालले यही जेठ १५ गतेदेखि लागु हुनेगरी एन्बुलेन्सको नयाँ भाडादर कायम गरेको हो । जस अनुसार बैतेश्वर अस्पतालबाट काठमाण्डौंसम्मको भाडादर १० हजार तोकिएको छ ।
यस्तै जिरीसम्म १ हजार ५ सय, चरिकोटसम्म २ हजार ५ सय, दोलखा अस्पतालसम्मको २ हजार ८ सय रुपैँया भाडा निर्धारण गरिएको छ । यसैगरी तामाकोसीसम्म १ हजार २ सय ५०, गाउँपालिका भित्र कच्ची बाटो एक मिलोमिटर बरावर १ सय, छिमेकी गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकाबाट काठमाण्डौंसम्मको १३ हजार भाडादर कायम गरिएको छ ।
तामाकोसी गाउँपालिका र भिमेश्वर नगरपालिकाबाट काठमाण्डौं सम्म ११ हजारसम्म, पक्कीबाटोबाट कच्ची बाटो जानुपरेमा १ किलोमिटर बरावर थप १ सय रुपैयाँ लाग्ने भनिएको छ भने काठमाण्डौमा चेकजाँच गराई एकदिन सम्म पर्खिएर विरामी ल्याउनु परेमा थप आधा भाडा लाग्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अधिकारीहरुका अनुसार एम्बुलेन्स संचालन सम्बन्धी कार्यविधि २०७७ को व्यवस्था अनुसार एन्बुलेन्स सेवाको नयाँ भाडादर कायम गरिएको हो । गाउँपालिका एम्बुलेन्स संचालन समितिले सूचना जारी गर्दै जेठ १५ गतेदेखि निर्धारण गरिएको नयाँ भाडादर कार्यान्वयन गर्न सबैलाई सूचना गरेको छ ।